राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा आयोजना गर्ने

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ। पार्टी महामन्त्री राजेन्द्र गुरुङले बिहीबार उक्त जानकारी दिएका हुन्।

गुरुङका अनुसार फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढीमा सभा आयोजना गरिनेछ। यसैगरी २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको हो। कोशी प्रदेशमा आयोजना गरिने भण्डाफोर सभाको भने मिति टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *