राजनीति

अध्यादेशको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था नरहेकाले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

नियमित संसद्मा नबोलाएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको र अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था नरहेको उपाध्यक्ष ज्वालाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *