देश

सुशासन र समृद्धिका लागि वर्तमान सरकार बन्यो : गृहमन्त्री लेखक

हेटौँडा । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

हेटौँडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्ने गरी अघि बढेको उनले बताए ।

उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै विकास र समृद्धिका लागि दुई ठुला दल मिलेर सरकार बनेको बताए । सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनी बताउँछन् ।

सरकारले व्यवसायीक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको उनको भनाइ छ । देश विकास निर्माणको क्षत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *