काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताएका हुन् ।
उनले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत उहाँले आग्रह गरे ।
उनले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताए ।




