राजनीति

अध्यादेश सबैको सहमतिमै पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेशहरू सबै राजनीतिक दलकै सहमतिमा पारित हुने बताएका छन् । सदरमुकाम चरीकोटमा शनिबार नेकपा (एमाले) जिल्ला कमिटी दोलखाले आयोजना गरेको नेता तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बहुमतले अनुमोदन गर्न सक्ने भए तापनि सबैको सहमतिमै अध्यादेशहरू पारित हुने बताएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारले ल्याएका अध्यादेशहरू लोककल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थिति अनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्याहरूलाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।’

अध्यादेशको उद्योग व्यावसायीले समेत उत्साही देखाएका छन् । अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएका छन् । सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समय सापेक्षका लागि अध्यादेश अपरिहार्य रहेको मन्त्री गुरुङको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *