काठमाडौं । देशमा नयाँ नेतृत्व र नयाँ शैली सिर्जनाको विकासका लागि निर्वाचन जारी छ । तर निर्वाचनको विषयमा सुरुको दिनदेखि सो विद्यार्थीसंगठनभित्र विवाद नै विवादको हुँदै आएको छ । निर्वाचन पहिला ३२ वर्षे उमेरहदमा बहुमत र अल्पमतको विवाद सिर्जना भएको थियो । ३२ वर्ष नाघेकाले अध्यक्षमा दावी गर्न नपाउने निर्णय भएपछि अखिल क्रान्तिकारीले सो विवाद सुल्झाउन कै लागि नयाँ नेतृतव छनोटका लागि निर्वाचन ग¥यो तर यस विषयमा पनि विभिन्न किसिमका विवाद सिर्जना हुँदै आएका छन् ।
माओवादी पाटीभित्रको गुट र उपगुटका कारण अहिले अखिल क्रान्तिकारी विद्यार्थी संगठनभित्र एक अर्कामा असन्तुष्टि बढ्दो छ । मंगलबार पनि मसि विवादका कारण सो संगठनभित्र असन्तुष्टि बढेको छ ।
एक थरीले रातो मसिलाई मान्यता दिनुपर्ने बताइरहेका छन्, भने अर्को समुहले कालो मसिलाई मान्यता दिनुपर्ने बताउँदैँ आएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन अध्यक्ष उम्मेदवारले मतगणना सुरु गर्न माग गरेका छन् । उम्मेदवारत्रय हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मतदान भएको बाल्मीकि क्याम्पसमा नै मतगणना हुनुपर्ने माग गरेका हुन् । उनीहरुले बाँकी विषय थाँती राख्दै मतदानपश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे संयुक्त सुझाव पनि दिएका छन् ।
रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको रातो मसी कलमद्वारा रेजा लगाइएको मतमात्र गणना गरिनुपर्ने र रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने माग उनीहरुको छ । विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणनामा यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । तीन उम्मेदवारले कालो मसी भएको फर्जी मत भएको हुनसक्ने संका बढेको छ ।
अर्का उम्मेदवार विजय सापकोटा भने कालो मसीलाई सदर गर्ने पक्षमा छन् । उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएका छन् । तर मतगणना भने सकिएको छैन् ।





