देश

सरकारले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता, उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । आज (शनिबार) बुद्धनगर टोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताएका हुन् ।

ठाउँ–ठाउँमा अहिले फिर्ता पनि भइसकेको भन्दै उनले वर्तमान सरकार नागरिकको जीवन र जीविका सहज बनाउन लागिरहेको बताए । बागमतीसहित उपत्यकाका नदि किनारमा २० मिटरको मापदण्डका कारण १५-१६ लाख नागरिक समस्यामा पर्ने देखिएपछि पुनरावलोकनको माग गर्दै अदालत गएको र सोही कारण अहिले तत्कालका लागि समस्या टरेको पनि स्मरण गराए ।

उपप्रधानमन्त्री सिंहले माघ १८ बाट शुरू हुने हिउँदे अधिवेशनमा विधेयकहरूलाई पारित गरि आवश्यक नयाँ कानून बनाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । काठमाडौं–१ बाट आफू निर्वाचित हुनुअघि र पछि धेरै सुधार भएको सिंहले दाबी गरे । उनले पहिलाको बुद्धनगर र अहिलेको बुद्धनगरमा तुलना गरेर हेर्न आग्रह गर्दै कसैले सामाजिक सञ्जालमा केही भएन भनेर लेखेको भरमा विश्वास नगर्न पनि उनले आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *