काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल सुरू भएको छ ।
हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रीय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथी छलफल सुरू भएको हो ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका एजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।
बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।




