
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन
समेत सहभागी भएका छन् । यसअघिदेखि नै पार्टी बैठकमा सहभागी हुँदै आएका पुनः आइतबारको माओवादी केन्द्रीय समिति बैठकमा उपाध्यक्षको कुर्सीमा बसेपछि उनलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको संकेत देखिएको छ । केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।
पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएकाले पुनःलाई सक्रिय राजनीतिमा प्रवेश गरेको बुझिएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । आज बिहान केन्द्रीय कमिटीको बैठक सुरु हुनु भन्दा अगाडी नै प्रचण्डले स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका थिए ।
पूर्वउपराष्ट्रपति नन्द किशोर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको कुर्सीमा नै बसेका छन् । सोही कारण उनले सक्रिय राजनीतिमा फर्केको बुझ्न् सकिन्छ ।
नेपालमा अहिलेसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा भएका छन् । विद्या भण्डारीले औपचारिक रुपमा पुनः एमालेमा प्रवेश गर्ने कुरा चलिरहेको बेला माओवादीको निर्णयले एमालेलाई समेत सहयोग पुग्ने अनुमान गरिएको छ ।