
काठमाडौं । मानव तस्करीको आरोपमा सरकारी वकिलको कार्यालयबाट सफाइ पाएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता भएको हो ।
यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दे दरपिठ गरिदिएको थियो । वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अधिकारीलाई क्लिन चिट दिनु गलत भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।
रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।