देश

बालेनले गराए वडाध्यक्ष रोजिना श्रेष्ठलाई सपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका- १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सपथ लिएका छन् ।

मङ्गलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाध्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।

काठमाडौँ महानगर- १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै श्रेष्ठ विजयी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *