देश

कीर्तिपुरको मतगणना १० बजेपछि सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ ।

कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालका अनुसार मतगणनाको पूर्व तयारी भइसकेको छ । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको पौड्यालले जानकारी दिए ।

मतपत्रका सबै बाकस भण्डारणपछि सर्वपक्षीय बैठक बसेर राति १० बजेपछि मतगणना सुरु हुने उनले बताए । हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *