देश

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको भ्रमणको तयारीस्वरूप उनी १३ गते चीन जान लागेकी हुन् ।

राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जादै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *