विश्व

मस्कको प्रति दिन १० लाख डलर पुरस्कार दिने अभियान विरुद्ध ​​सरकारको चेतावनी

एजेन्सी । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा एलन मस्कले सञ्चालन गरिरहेको अभियान ‘अमेरिका पीएसी’लाई चेतावनी पत्र पठाएको छ ।

हरेक दिन एक मतदातालाई १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानून उल्लंघनको दायरामा आउन सक्ने चेतावनी दिँदै न्याय विभागले पत्र पठाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदा सम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ।

केही कानूनविद्ले यसअघि नै यो पुरस्कार योजना गैरकानूनी हुन सक्ने बताइसकेका थिए । यही अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा आयोजित कार्यक्रममा एक व्यक्तिलाई दिइसकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *