राजनीति

विपक्षी दलको बैठक सुरू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन् । यता रास्वपाबाट भने सभापति रवि लामिछानेसहित आधा दर्जन सांसद बैठकमा पुगेका छन् । रविसहित सांसदहरु डीपी अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार र स्वर्णिम वाग्ले बैठकमा उपस्थित भएका छन् ।

आजको बैठकले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु मिलेर संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिने बताईएको छ ।

यसअघि रास्वपाका सांसदहरुले संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *