विश्व

संयुक्त राष्ट्र शान्ति सेना लेबनानमा रहन्छन् : शान्ति सेना प्रमुख

काठमाडौं । संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले बताएका छन् ।

इजरायली अधिकारीहरूले लेबनान र इजरायल बीचको ब्लू लाइनको वरपरका स्थानहरू खाली गर्न आह्वान गरेका थिए ।

शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उप–महासचिव जीन पियरे ल्याक्रोइक्सले लेबनानको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिएपछि उक्त टिप्पणी गरेका हुन् ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमवार ब्लू लाइनमा जारी आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *