विश्व

रकेट आक्रमणमा ११ पाकिस्तानी प्रहरीको मृत्यु

काठमाडौं । पाकिस्तानमा प्रहरीमाथि रकेट आक्रमण हुँदा ११ जनाको ज्यान गएको छ । पाकिस्तानको पञ्जाब राज्यमा बिहीवार अज्ञात समूहले प्रहरीको टोलीलाई लक्षित गरी भएको आक्रमणमा दर्जन बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आक्रमणकारीले केही प्रहरीलाई बन्धक बनाएर लगेका छन् । पञ्जाब प्रहरीका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ । यसैबीच, बिहीवार नै विद्यालयको भ्यानमाथि आक्रमण हुँदा २ जना बालबालिकाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *