देश

इजरायल, कुवेतलगायत चार देशमा पुनः श्रम स्वीकृति खुला

काठमाडौं । सरकारले चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ । मध्यपुर्व युद्धका कारण स्थगति गरिएकोमा पुनः श्रम स्वीकृति खुला गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३१ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनः श्रम स्वीकृति खुला गरिएको हो ।

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ । इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो ।

जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चुनौती बढ्न थालेपछि सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति स्थगन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *