विश्व

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको सूचना

काठमाडौं । बंगलादेशको लागि नेपाली दूतावासले बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्‍चितकालीन कर्फ्यू आदेशसमेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले आज सार्वजनिक सूचनामा सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *