देश

पहिरो हटाएपछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज बिहान करिब ५ बजे मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *