काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो। आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै तयार गरिसकेका देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका हुन्।
नयाँ सत्ता समीकरण गर्ने सहमति गरेका दुई नेताले भावी योजनाको बारेमा छलफल गरेको बताइएको छ। उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको छ।
सरका गठनको प्रक्रिया र सरकारमा समेट्ने दलहरुको विषयमा दलहरुबीच कुराकानी भएको छ। आफ्नो नेतृत्वमा सरकार बनाउने सहमती भए पनि अन्तिम समयमा कांग्रेसले धोकादिन सक्ने आशंकामा अझै पनि ओली देखिएका छन्।
यस्तै संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आह्वान गरे आफू प्रधानमन्त्री बन्न नपाउने आशंका पनि एमालेमा छ। सहमती पछि दुई दलबीच बारम्बार छलफल भइरहेको छ।




