विश्व

युरोपियन युनियनद्वारा युक्रेनी शरणार्थीलाई सन् २०२६ सम्म आवास अधिकार विस्तार

ब्रसेल्स (बेल्जियम)। युरोपियन युनियनले रुस युक्रेन युद्धले ग्रसित युक्रेनी शरणार्थीहरूलाइ सन् २०२६ मार्च सम्म उनीहरु बसिरहेको ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ ।

हाल करिब ४।२ मिलियन युक्रेनीहरू युरोपियन युनियनमा शरणार्थीका रूपमा दर्ता भएका छन् । जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रले ठूलो सङ्ख्यामा शरणार्थीहरुलाई संरक्षण गर्दै आएका छन् ।

रुसले दिनहु जसो बमबारी युद्धद्वारा युक्रेनी जनतालाई आतङ्कित तुल्याइरहेकाले अहिले अवस्था सुरक्षित परिस्थिति नभएको बताउदै बेल्जियमको शरण र आप्रवासनका लागि राज्य सचिव निकोल डे मूरले विज्ञप्तिमा जारी गरेका छन् ।

रुसको आक्रामणबाट भागेका मानिसहरूले आफ्नो एकतामा भर पर्न सक्ने बताउदै डि मुरले जुन महिनाको अन्त्यसम्म युरोपेली संघको अध्यक्षता गर्ने जनाए ।

फेब्रअरी २०२२ मा मस्कोले पूर्ण आक्रमण सुरु गरेको केही हप्तापछिे युरोपेली सङ्घले पहिलो पटक युक्रेनीहरूलाई बस्ने अधिकार प्रदान गरेको थियो । प्रासम्भिक सम्झौता अनुसार यसको समय सन् २०२४ मार्च –४ मा समाप्त हुने तय गरिएको थियो ।

अस्थायी सुरक्षाबाट लाभान्वितहरूले निवास अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँच सहित युरोपेली युनियन भर समान अधिकार प्राप्त गर्छन ।

पछिल्लो विस्तारको विरुद्धमा युक्रेनी सेनाले अग्र पक्तिका आक्रमणकारीहरु समात्न सङ्घर्ष गर्दा रूसी हवाई आक्रमणले देशको ऊर्जा ग्रिडलाई ध्वस्त पारेको छ । जसले किभलाई युरोपियन युनियनबाट निरन्तर उर्जा आयात आपूर्ति गर्न बाध्य पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *