काठमाडौं। सामाजिक अभियान्ता प्राडा गोविन्द केसीले २२ औँ सत्याग्रह सुरु गरेका छन्।
सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा, सबै नेपालीलाई निःशुल्क औषधि – उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै डा केसीले सत्याग्रह सुरु गरेका हुन।
उनले पशुपति मृगस्थलीमा अहिले ४ बजे बाट २२ औँ सत्याग्रह सुरु गरेको उनको सचिवालयले जनाएको छ।
यसअघि पनि विभिन्न माग र मुद्दामा उनी सत्याग्रह बस्दै र तोड्दै आएका व्यक्ति हुन्।








