विश्व

जनवरीमा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषिका लागि इजरायल प्रस्थान

कोलम्बो । जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताएका छन् ।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी दिएका छन् । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिएका छन् ।

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *