धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७ जना घाइते भएका छन् ।
दोगडाकेदार गाउँपालिका–२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ कि १३ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीका अनुसार दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।




