देश

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

‍काभ्रे।पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ सहित सात जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *