देश

कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रियसभा निर्वाचन बारे छलफल

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा सीट बाँडफाँटको छलफल तिब्र भएको छ । यसैबीच नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय सभामा सिट बाँडफाँड बारे छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी रहेका थिए ।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको ११ गते हुने निर्वाचनको लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ ।

खाली हुने १९ सिटमा सत्ता गठबन्धनले सबै सिटमा जित्ने गरि उम्मेदवारी दिने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *