देश

प्रधानमन्त्रीको नेतृत्वमा शासकीय सुधार आयोग गठन हुने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको प्रशासनिक सुधारका लागि आफ्नै नेतृत्वमा शासकीय सुधार आयोग गठन गर्ने बताएका छन् ।

प्रशासनिक सुधार बिना विधिको शासन स्थापना हुन कठिन हुने भन्दै उनले यसको सुधारका लागि आफ्नै नेतृत्वमा आयोग गठन गर्ने बताएका हुन् ।

निजामती कानुन संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री दाहालको भनाई छ । संसद्‌मा विचाराधीन कानुन आउँदो अधिवेशनमा पास गर्न सबै राजनीतिक दललाई उनको आह्वान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *