देश

वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा

लेखनाथ ।ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेकसाइडको फुटट्रायकमा फोटोग्राफी गर्नेहरुलाई विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोग उनीहरुमाथि छ ।

पोखरा ६ लेकसाइड बस्ने ४१ वर्षका विकास पहारी, सोही ठाउँका वर्ष २२ का प्रवीन विश्वकर्मा, वर्ष २४ का अभिषेक परियार, अभिषेक बराल र पोखरा ६ खहरे बस्ने ४२ वर्षीय दीपेन्द्र पहारी कारागार चलान भएका हुन् ।

दीपेन्द्र पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य हुन् । उनीहरु चारै जनालाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

यसैबीच, पहिल्लो क्रममा पोखरा महानगरका जनप्रतिनिधि विभिन्न अपराधमा मुछिने क्रम बढेको छ । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार थिए भने पोखरा पोखरा ९ का वडा सदस्य भावना श्रेष्ठ न्यायिक समितिमा घूस लिने काण्डमा मुछिएका थिए ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद हुने फैसला भएको गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *