देश

भरतपुर भ्रमण वर्ष- २०२४ स्थगित

चितवन । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ स्थगित भएको छ ।

आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि सार्ने निर्णय गरेको हो ।

बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेको थियो । तर महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेत सुझाव दिएको थियो । सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो ।

यस बारे महानगरले आजै पत्रकार सम्मेलन गरी जानकारी गराउँने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *