देश

बलात्कार अभियोगमा भक्तपुर र झापाबाट दुईजना पक्राउ

भक्तपुर । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका-२ दुवाकोटस्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोमबहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो ।

यस्तै झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *