देश

नागेन्द्र साहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन् । निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएपछि आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।

नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए। साहले आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकारसहित निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन्।

निगमको नायब कार्यकारी निर्देशक पदमा कार्यरत साह सबैभन्दा वरिष्ठ कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट साहले निगमको अर्थ विभागको नेतृत्व गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *