विश्व

जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

काठमाडौं । जेरुसेलम र बेट शेमेशसहितका सहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ । गाजापट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि ‘अलार्म’ बजेको इजरायली मिडियाले जनाएको छ ।

घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ । इजरायली सेनाका अनुसार कम्तीमा ६ रकेट जेरुसेलमतर्फ प्रक्षेपण गरिएको छ ।

इजरायलको आपत्कालीन उद्धार सेवाका अधिकारी म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *