देश

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

काठमाडौं।टिपरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका- १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली छन् । मैनाली चढेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका- २ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर भएका उनको राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *