मुख्य समाचार

जाजरकोट भुकम्पबाट प्रभावितक्षेत्रका लागी २५ लाख सरकारलाई प्रदान गर्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपा केन्द्रीय पदाधिकारी बैठकबाट जाजरकोट भुकम्पबाट प्रभावितक्षेत्रका लागी रू.२५ लाख रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय भएको छ ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जाजरकोट भुकम्पबाट प्रभावित परिवारलाई राहत पुऱ्याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको ९ महिनाको पारिश्रमिक र पार्टीको तर्फबाट गरी रू २५ लाख रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *