खेलकुद

ब्राजिललाई भेनेजुएलाले बराबरीमा रोक्यो

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार विहान सम्पन्न खेलमा ब्राजिललाई भेनेजुएलाले १-१ गोलको बराबरीमा रोकेको हो ।

ब्राजिलका लागि खेलको ५०औं मिनेटमा नेइमारको असिस्टमा गाब्रियल मागालहाएजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए तर भेनेजुएलाले खेलको ८५औं मिनेटमा एडुआर्ड बेल्लोको गोलमा बराबरी गर्दै ब्राजिलको जितलाई रोकेको थियो ।

विश्वकप छनौटमा ब्राजिलको तेस्रो खेलमा पहिलो बराबरी हो । यो खेलपछि ब्राजिलको ३ खेलमा ७ अंक छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी भेनेजुएलाको ३ खेलमा ४ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *