देश

राम्रो चालचलन भएका कैदीलाई कात्तिक १ देखि जेलबाहिरै राख्ने सरकारकाे निर्णय

​​​​​​​काठमाडौं । सरकारले राम्रो चालचलन भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकलेफौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ को (च), दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्था कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

उक्त ऐनमा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

ऐनमा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायका दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिनसक्नेछ ।’ दफा ४९ मा यसका लागि प्यारोल अधिकृत तोक्ने सम्बन्धी व्यवस्था छ । मन्त्रिपरिषद्को बैठकले प्यारोल अधिकृतको नियुक्ति नभएसम्मका लागि सम्बन्धित कारागार प्रशासकलाई प्यारोल अधिकृत तोक्ने निर्णय गरेको छ ।

जन्म कैदको सँजाय पाएका र दिनदहाडै व्यक्ति हत्यामा संलग्न भएका व्यक्तिलाई राष्ट्रपतिबाट आममाफी दिएको विषयमा व्यापक विरोध भइरहँदा सरकारले ऐन देखाएर थप कैदीलाई छुटाउने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *