मुख्य समाचार

भारत झारखण्डमा वर्षा र चट्याङबाट आठ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिवारदेखि नै पानी परिरहेको छ । घर तथा भौतिक संरचनामा पनि क्षति पुगेको छ । सडक पनि डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभागले अझै दुई÷तीनदिनसम्म भारतका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *