खेलकुद

एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान

बझाङ।साउथ एसियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।

भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।

जापान कराते डो कोशीकाई सितोरियो संघबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एसियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरे ।

१८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराए ।

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *