खेलकुद

म्यानमारसँग नेपाल पराजित

काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले म्यानमारसँग सोमबार १-० गोलको हार व्यहोरेको छ ।

म्यानमारमा भएको खेलमा घरेलु टोलीले ८६औं मिनेटमा गोल गरेको थियो । काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो ।

नेपाली खेलाडी अगाडि बढेको मौकामा म्यानमारले काउन्टर मुभ बनाएको थियो । म्यानमार भ्रमणमा रहेको नेपालले पहिलो खेल गोलरहित बराबरी खेलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *