काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ३ देशका नवनियुक्त राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।
ओहदाको प्रमाण पेस गर्नेहरूका नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभियर मान्युएल पौलिनिच भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कोन रहेका छन् ।




