खेलकुद

आर्सनललाई धक्का, फुलह्यामसँग बराबरीमा रोकियो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले धक्का बेहोरेको छ । गएराती सम्पन्न खेलमा आर्सनल फुलह्यामसँग २-२ गोलको बराबरीमा रोकिएर धक्का बेहोरेको हो ।

खेलको पहिलो मिनेटमा नै आन्द्रेज पेरेइराको गोलमा आर्सनलमाथि दबाब बनाएको फुलह्यामले खेलको ८७औँ मिनेटमा जोआओ पाल्हिन्हाले गोल गर्दै बराबरी गरेका थिए ।

आर्सनलका लागि खेलको ७०औ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गरेका थिए भने ७२औं मिनेटमा एडी एनकेटीहले दोस्रो गोल गरेका थिए ।

यस खेलमा खेलको ८३औं मिनेटमा काल्भिन बासीले रातो कार्ड पाएपछि फुलह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यसअघि लगातार दुई खेलमा जित हासिल गरेको आर्सनलले तेस्रो खेलमा बराबरीमा रोकिएर नयाँ सिजनमा शुरुवाती झट्का लागेको छ । यो खेलपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ ।

त्यसैगरी फुलह्यामको भने ३ खेलमा ४ अंक भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *