देश

अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं। गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएपछि अध्यागम विभागका महानिर्देशक झलकराम सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन प्रकरणमा अधिकारीकोसमेत संलग्न रहेको दाबीसहितका समाचार सार्वजनिक भएपछि गृहले जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेको हो ।

गृह स्रोतले भन्यो, ‘सुन तस्कर दावासँग कनेक्सन देखिएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानेका हौं । योसँगै आवश्यक छानविन शुरु भइसकेको छ ।’

तस्करीको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । अहिले सम्मको अनुसन्धानले सुन तस्करीको नाइके दावा छिरिङ रहेको पाइएको छ । गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र नाइके दावाबीच सुन तस्करीको पूर्व सूचना वीच्याट मार्फत् आदानप्रदान भएको देखिन्छ । त्यस्तै, उनीहरूबीच रकम लेनदेन समेत भएको सहजै अनुमान गर्न सकिन्छ ।

सार्वजनिक समाचारमा महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी भएको दाबी गरिएको छ । दावा गत साउन १८ गते ठमेलको भियाना होटलबाट पक्राउ परेका थिए । उनी उक्त होटेलका सञ्चालकसमेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *