काठमाडौं।गए रातिदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जानकारी दिए ।
उनले भने,‘रातिदेखि नै देशभर पानी परिरहेको छ । अझै २/३ दिन यही क्रम जारी रहने सम्भावना छ ।’
महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।





