खेलकुद

जिराउड र पुलिसिकको गोलमा एसी मिलानको विजयी शुरुवात

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा मिलानले बोलोन्गालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा ओलिभर जिराउड र क्रिस्टियन पुलिसिकले एक एक गोल गरेका थिए ।

यो जितसँगै एसी मिलानले नयाँ सिजनमा उत्कृष्ट शुरुवात गरेको छ ।

मिलानले लिगमा अब अर्को खेल अगस्त २७ मा टोरिनोविरुद्ध खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *