काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा अनुसन्धान थाल्ने बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा मंगलबार सम्पादकहरुसँग गरेको छलफलमा क्रमबद्ध तरिकाले अनुसन्धानलाई अगाडी बढाउदै जाने बताएका हुन् । प्रधानमन्त्रीले प्रचण्डले भने,‘ ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुन्छ ।’
केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।
नेकपा एमालेलाई टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।




