राजनीति

नेविसंघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी पाए अंशुल केसीले

काठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले रिक्त रहेको जिल्ला अध्यक्ष पदमा केसीलाई जिम्मेवारी दिएका हुन् ।

नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *