समाचार

रास्वपा : ‘मोबाइल क्लिनिक’ एम्बुलेन्स फिर्ता, जनताको आँखामा छारो हाल्ने काम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएको सय दिनको अवधिमा वितरण गरेको मोबाइल क्लिनिक भन्दै संचालनमा ल्याएको एम्बुलेन्स गैरकानुनी भन्दै विवादमा आएपछि सो एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेका छन् ।

रास्वपा सभापतिले मोबाइल पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रङमा परिवर्तन गरेर साउन १७ गते सामाजिक सेवाको रुपमा भन्दै संचालनमा ल्याएको घोषणा गरेका थिए । रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सको सहायताले देशका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई गाउँगाउँमा पुगेरस्वास्थ्य सेवा वितरण गर्ने उदेश्यका साथ संचालनमा ल्याएको सो एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले जानकारी दिए ।

उक्त एम्बुलेन्स फिर्ता गरेपछि अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रहेको रास्वपाले जनाएको छ । यस्तै रास्वापले महिलाका लागि निःशुल्क संचालनमा ल्याएको ब्लु बस पनि विना अनुमति रङ लगाएर संचालनमा ल्याएको भक्तपुर यातायात कार्यलयले जनाएको छ ।

सो एम्बुलेन्स भारतीय दूतावासले ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई वितरण गरेपनि लामो समय अगाडीदेखी नवीकरण नगरिएको सो एम्बुलेन्सको नवीकरण गरेर पुरानो मेडिकलले चिकित्सकको टोली समेत व्यावस्था गरिदिएपछि रास्वपालाई राहत मिलेको थियो । गत साउन १४ गते नविकरण नगरिएको एम्बुलेन्सको जरिवान तिरेर रास्वपाले उक्त एम्बुलेन्स संचालनमा ल्याएको खुलेको छ । रास्वपाले रङ परिवर्तन गर्नुअगाडी उक्त एम्बुलेन्सको रङ सेता रहेको थियाे।

सवारी तथा यातायात ब्यवस्था ऐन , २०४९ को दफा ३९) मा सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिइ सवारीको रङ , सिट, स्वरुप , इन्जिन वा चेसिस लगायतको परिवर्तन गर्ने कार्यलाई कसुर मानेको छ भने सोही ऐनको दफा १६(९२) मा उक्त कसुर जन्य कार्य गर्ने सवारी धनीलाई रू १ हजार देखि ५ हजार सम्म जरिवाना गर्ने व्यावस्था गरेको छ ।

रास्पाले सय दिनको अवधिमा गरेका कार्यले रास्वपाले गर्ने गतिविधिका वारेमा अब जनतालाई थाहा भइसकेको छ । निर्वाचन विजय हुनका लागि निर्वाचन अगाडी नागरिकहरुलाई रास्वपाले विभिन्न आश्वासन दिएको तर अहिले पुरा गर्न नसकेपछि निर्वाचनमा विजय हासिल गर्नका लागि मात्र रास्वपाले जनताको भावनासंग खेलेको उनले गर्ने गरेका गतिविधिहरुले पुष्टि गरेको छ ।

जनताले लामिछानेलाई देशको अग्रपंक्तिमा रहेर काम गर्ने विश्वासले मतदान गरेका थिए । तर आज जसलाई जनताले विश्वास गरे उसैले जनताका लागि जानीजानी अनैतिक क्रियाकलाप गर्नु विवेकहीन मूर्खताको संज्ञा दिनु हो जनतालाई । नयाँ पाटीको रुपमा उदाएको रास्वपाले आम नागरिकलाई छल्न खोजेपछि रास्पालाई हेर्ने नजर नै फरक भएको छ समग्र देशका नागरिकको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *