काठमाडौं । कुवेत जान त्रिभुवन विमानस्थल पुगेका नेपाली श्रमिकलाई अध्यागमन विभागले फर्काएपछि वैदेशिक रोजगार विभागले गृहमन्त्रालय र श्रम,रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको संयुक्त छानविन समिति गठन गरि स्वतन्त्रातापूर्वक छानविनका गर्न आग्रह गरेको छ ।
बैदेशिक रोजागर विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई आग्रह गरेको हो । आइतबार कुवेत जानलागेका ११७ जनालाई अध्यागमन विभागले जान रोक लगाएको भन्दै मेनपावर व्यावसायीहरुले अध्यागमन विभाग पुगेर विरोध जनाएका थिए ।
त्यस प्रकारको फरक परेको सम्बन्धमा नेपाल राजपत्र भाग ५ खण्ड ६३ मिति २०७० साल कार्तिक २५ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सो सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार यस विभागलाई मात्र रहेकोले अध्यागमन विभाग श्रम स्वीकृतिको विषयमा प्रवेश गर्न उपयुक्त नहुने समेत बैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विभागले आगामी दिनमा यस्तो अवरोध आउन नदिने वातावरण सिर्जना गर्न समेत सरकारसमक्ष माग गरेको छ ।






