खेलकुद

विश्वकपमा छनौट हुन स्कटल्याण्डले दियो नेदरल्याण्डसलाई २७८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत सुपर सिक्सको महत्वपूर्ण खेल आज हुँदैछ ।

जसमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच भिडन्त हुँदैछ । विश्वकपमा छनौट हुन स्कटल्याण्डले दियो नेदरल्याण्डसलाई २७८ रनको लक्ष्य दिएको छ ।

बुलावायो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटलयाण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २७८ रन बनायो ।

स्कटल्याडका लागि ब्रान्डन मक्मुलेनले शतकिय पारी खेले । उनले ११० बलमा १०६ रन बनाए ।

यस्तै रिची बेरिंगटन ६४, टमस म्याकिन्टोसले अविजित ३८, क्रिस्टोफर म्याकब्राइड ३२ र क्रिस ग्रीव्सले १८ रन बनाए ।

नेदरल्याण्डसका लागि बलर बस दि लिदीले ५ विकेट लिए । यस्तै रायन केलिन २ तथा लोगान भेन विकले एक विकेट लिए ।

यस खेलको नतिजा पछि विश्वकपमा छनौट हुने दोस्रो टिमको टुंगो लाग्ने छ । अहिलेसम्म श्रीलंकाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने वेस्ट इन्डिज र जिम्बाबे विश्वकप छनौटको दौडबाट बाहिर भइसकेका छन् ।

सुपर सिक्समा स्कटल्याण्डले लगातार राम्रो नतिजा निकाल्दै विश्वकपमा छनौट हुने सम्भावनालाई बलियो बनाएको छ ।

स्कटल्याण्डले सुपर सिक्समा जिम्बाबे र वेस्टइन्डिजलाई पराजित गरेर सनसनी मच्चाएको छ ।

त्यस्तै नेदरल्याण्डसले सुपर सिक्समा श्रीलंकासँग हार बेहोरेको थियो भने ओमानलाई पराजित गरेको थियो ।

स्कटल्याण्डको ३ खेलमा ६ अंक रहेको छ र अहिले दोस्रो स्थानमा छ ।

नेदरल्याण्डसविरुद्धको यो खेल जितेमा स्कटल्याण्डले सिधै विश्वकपमा स्थान बनाउने छ ।

तर नेदरल्याण्डले स्कटल्याण्डलाई पराजित गरेर विश्वकपमा छनौट हुन भने ठुलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।

त्यस अवस्थामा रनरेटबाट विश्वकपमा छनौट हुने टिमको निर्णय हुने छ ।

हाल स्कटल्याण्डको रनरेट ०.२९६ रहेको नेदरल्याण्डसको –०.०४२ रहेकाले स्कटल्याण्ड पराजित भएर पनि विश्वकपमा छनौट हुने सम्भावना देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *